मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा चिनियाँ चलचित्र महोत्सव

फिल्मीखबर, काठमाण्डौ, 2010/08/10

नेपाल-चीनबीच दौत्य सम्बन्ध कायम भएको ५५ औं वर्षगाँठका अवसरमा मंगलबारदेखि राजधानीमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको दुई दिने सो महोत्सवको उद्घाटन संस्कृति सचिव मोदराज डोटेलले गरे ।

 


चिनियाँ राजदुतावास र वल्र्ड कल्चरल नेटले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा पाँच चिनिया चलचित्र प्रदर्शन गरिँदै छ । महोत्सवको पहिलो दिन 'फेयरवेल टु माई कन्क्युबिन' र 'सांघाई ट्रायड' प्रदर्शन गरियो । त्यसैगरी महोत्सवको दोस्रो दिन  बिहान ११ बजे 'पर्पल सन्सेट',  मध्यान्न १:३० बजे 'सिया हुवा' र  साँझ ५:३० बजे 'भिजिटस्र अन दी आइसी माउन्टेन्स' देखाईंदै छ । महोत्सवमा नि:शुल्क प्रवेशको व्यबस्था गरिएको छ ।