Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना

फिल्मीखबर, काठमाण्डौ, 2020/12/02
 
आउँदो माघ ४ गतेबाट छायांकन सुरु हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् । ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’ पछि नयाँ फिल्म साइन गरेकी थिइनन् । उनले मंगलवार ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् । अब यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गर्नेछिन् ।
 
उपासनाभन्दा अगाडि अभिनेत्री सुहाना थापालाई फिल्म अफर गरिएको थियो । छायांकनरत फिल्म ‘ए मेरो हजुर ४’ का कारण उनले फिल्म गर्न अस्वीकार गरेपछि निर्माण टिमले उपासनालाई मुख्य अभिनेत्रीमा अनुबन्ध गरेको हो । उपासनाले आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न राजी भएको बताएकी छन् । उनी आर्यन सिग्देलसँँग स्क्रिन शेयर गर्न निकै उत्साहित छिन् ।
 
प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्ममा रवि नाइडुको छायांकन रहनेछ ।
 
लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा विपिका खनालले लेखेकी हुन् । फिल्ममा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध घटना तथा समस्यालाई देखाइने बताइएको छ । ०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । फिल्मको छायांकन काठमाडौं र पोखरामा हुनेछ । 
Most Visited News (monthly)