Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मलाको पक्षमा न्याय माग्दै कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2020/08/17
 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि नेपाली कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सरकारलाई दबाब दिन थालेका छन् । नेपालका शीर्ष नेताको फेसबुकको प्रोफाइलमा फेसबुक प्रयोगकर्ताले निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न थालेको ‘डिजिटल आन्दोलन’ लाई कलाकारहरुले साथ दिएका हुन् ।
 
शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताको फेसबुकको तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान चलाएका छन् । कलाकारहरुले भने आफूले चलाउने सामाजिक सञ्जालमार्फत् निर्मलाको न्यायको माग गरेका छन् । 
 
अभिनेत्री रेखा थापाले फेसबुकमा ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोष्टर शेयर गर्दै निर्मलाले न्याय नपाउनु छोरीहरुको मनमा भय चलाउनु रहेको बताउँदै लेखेकी छन्, ‘निर्मलाले न्याय नपाउनु भनेको यो देशका लाखौं छोरीहरुको मनमा भयको राज चलाउनु हो । लाखौं किशोरीका आमा-बुवामाथि एउटा डर लाद्नु हो । समग्रमा हाम्रो देश छोरीको निम्ति स्वर्णिम नहुनु हो ।’ 
 

 

आयुष्मान देशराज जोशी, वर्षा सिवाकोटी, केकी अधिकारी, सन्ध्या केसी, दीपाश्री निरौला, वर्षा राउत, बेनिशा हमाल, प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतले पनि सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मल पन्त’ भन्दै निर्मलाको न्यायको माग गरेका छन् । निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेको छैन । 
Most Visited News (monthly)