Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जानी नजानी’ नचल्दा तीन महिना रोएँ : निरिशा

फिल्मीखबर, काठमाण्डौ, 2020/08/13
 
एउटा कलाकारका लागि डेब्यू फिल्मको व्यापारिक नतिजाले ठूलो अर्थ राख्छ । फिल्म चले करिअरले गति लिन्छ । असफल भए दोस्रो फिल्म पाउनै सकस हुन्छ । कतिको हकमा भने यी कुरा लागू हुँदैन । फिल्म असफल भएर पनि अभिनयका कारण चलेका धेरै कलाकार छन् । तर, अभिनय राम्रो हुँदा-हुँदै पनि फिल्मको असफलताले करिअर थामिएका उदाहरण पनि कम छैनन् । 
 
अभिनेत्री निरिशा बस्नेतकै कुरा गरौंन । उनले फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अपोजिटमा अभिनेता मनिष सुन्दर श्रेष्ठ थिए । फिल्मको कथा नै उनीहरुको वरिपरि घुमेको थियो । निर्माण टिमले प्रचार-प्रसार पनि राम्रै गरेको थियो । तर, फिल्मले दर्शकको ठूलो साथ पाउन सकेन । यो फिल्मको असफलताले निरिशा निराश भएकी थिइन् । 
 
भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरेपछि उनले यो फिल्म गरेकी थिइन् । तर, फिल्मको असफलताले उनलाई फेरि मुम्बई फर्कायो । फिल्मीखबरसँगको व्हाट्सएप कुराकानीमा उनले भनेकी छन्, ‘मलाई ‘जानी नजानी’ बाट ठूलो आशा र अपेक्षा थियो । फिल्म हेर्नुभएका दर्शक तथा समीक्षकले मेरो अभिनय रुचाउनु पनि भएको थियो । तर, फिल्म नचल्दा निराश भएको थिएँ ।’
 
डेब्यू फिल्म नचल्दा आफू तीन महिनासम्म रोएको उनले बताएकी छन् । ‘फिल्ममा मैले धेरै मेहेनत गरेको थिएँ । अफर भएका भारतीय प्रोजेक्टहरु छाडेर एक वर्षसम्म फिल्मकै लागि समय दिएँ । तर, फिल्म नचल्दा तीन महिनासम्म रोएको थिएँ । ६ महिना त नेपाल आउन पनि सकेको थिइनँ,’ उनले भनिन् । अब निरिशा राम्रो ब्यानरबाट अफर भए मात्र नेपाली फिल्म गर्ने बताउँछिन् । 
Most Visited News (monthly)