Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अडानमा बस्न नसकेका हरिवंश !

फिल्मीखबर, काठमाण्डौ, 2020/08/13
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को कला क्षेत्रमा उचो कद छ । उनीहरुको मित्रतालाई त उदाहरणकै रुपमा लिने गरिन्छ । तीन दशकदेखि यो जोडीको व्यवसायिक सहकार्य टुटेको छैन । कुनै समय स्टेज कार्यक्रममार्फत् दर्शकलाई हँसाउने गरेका उनीहरु अहिले फिल्म निर्माण र अभिनयमा सक्रिय छन् । फिल्म निर्माणमा पनि उनीहरुलाई सफलता मिलेको छ ।
 
‘शत्रु गते’ र ‘दाल भात तरकारी’ को सफलतापछि नयाँ फिल्मको तयारीमा रहेका मदनकृष्ण र हरिवंशलाई बाहिरी ब्यानरका फिल्मबाट पनि प्रस्तावको ओहिरो छ । शिवहरी पौडेलले निर्देशन गरेको फिल्म ‘लक्का जवान’ का लागि मुख्य भूमिकामा पहिला मह जोडीलाई अफर गरिएको थियो । तर, बाहिरी ब्यानरको फिल्म नगर्ने भन्दै उनीहरुले यो फिल्म गर्न अस्वीकार गरे । 
 
 
मह जोडीले ‘लक्का जवान’ नगर्नुको कारणबारे शिवहरीले भनेका थिए, ‘मैले सुरुवातमा हरिवंश र मदनकृष्ण दाइका लागि नै स्क्रिप्ट लेखेको थिएँ । तर, हरि दाइले नै आफूलाई अन्य ब्यानरबाट पनि अफर आइरहेकाले यो गर्दा अरु पनि गर्नुपर्ने भएकाले समस्या हुने बताएपछि मैले कर गरिनँ ।’ तर, हरिवंश आचार्य बाहिरी ब्यानरको फिल्म नगर्ने अडानबाट पछाडि हटेका छन् । 
 
उनले केही हप्ता अगाडि ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को ब्यानरमा बन्न लागेको कमेडी फिल्म ‘हुतुतु’ साइन गरेका छन् । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने फिल्मका लागि उनले महंगो पारिश्रमिक बुझेको चर्चा छ । मोटो पारिश्रमिककै कारण उनी बाहिरी ब्यानरको फिल्म नगर्ने अडानबाट पछाडि हटेको कतिपयको टिप्पणी छ ।
 
‘शत्रु गते’ र ‘दाल भात तरकारी’ मा अभिनय गरेर मह सञ्चारलाई गुन लगाएका शिवहरी पौडेलको ‘लक्का जवान’ अस्वीकार गरेर कलाकार आचार्यले बाहिरी ब्यानरको ‘हुतुतु’ गर्न तयार हुनुले उनको आफ्नै सहकर्मीप्रति विश्वास नभएको चर्चा चलेको छ । यो फिल्मपछि उनले अरु ब्यानरका फिल्ममा पनि अभिनय गर्लान् त ? कि शिवहरीलाई झैं पुरानै रेडिमेड बहाना बनाउलान् ?
Most Visited News (monthly)