Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड अभिनेत्री केली प्रिस्टनको निधन

एजेन्सी, अमेरिका, 2020/07/14
 
हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती तथा चर्चित अभिनेत्री केली प्रिस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा निधन भएको हो । दुई सन्तानकी आमा उनी दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन् । उनका श्रीमान् जोनले सोसल मिडियामा श्रीमतीको निधनको खबर दिँदै निकै इमोसनल पोस्ट गरेका छन् ।
 
उनले लेखेका छन्, ‘मेरी सबैभन्दा राम्री श्रीमती केली दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन्, अन्ततः उनी यो लडाईंमा हारेकी छिन् । कयौं मानिसको प्रेम र सपोर्टका कारण उनले यो लडाईं निकै बहादुरीका साथ लडिन् ।’ उनले केलीको उपचार गरिरहेका डाक्टर तथा हेल्थ केयरलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।  
 
जोनले अगाडि लेखेका छन्, ‘केलीको प्रेम र उनको लाइफको सधैं याद गर्नेछु । म आफ्नो बच्चालाई केही समय दिन चाहन्छु, जसले आफ्नी आमा गुमाएका छन् ।’ केली प्रिस्टनकी छोरी एला ट्रेवोल्टाले पनि आमालाई याद गरेकी छन् । उनले लेखेकी छन्, ‘मैले तपाईं जस्तो बहादुरी, मजबूत, सुन्दर र मायालु महिलासँग भेटेको थिइनँ । तपाईंको प्रेमका लागि धन्यवाद ।’ 
 
अभिनेत्री तथा मोडल केली प्रिस्टन र जोन ट्रेवोल्टाको विवाह भएको २९ वर्ष भएको थियो । केली प्रिस्टनले ‘जेरी म्याग्योर’, ‘स्पेश क्याम्प’, ‘ट्विन्स’, ‘ज्याक फ्रोस्ट’, ‘फोर लभ अफ द गेम’ र ‘व्यू फ्रम द टप’ जस्ता फिल्ममा सानदार काम गरेकी थिइन् । उनी अन्तिम पटक २०१८ मा रिलिज भएको हलिउड ग्यांगस्टार ड्रामा ‘गोट्टि’ मा देखिएकी थिइन् । 
Most Visited News (monthly)