Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिले पूरा होला सुरविनाको सपना ?

फिल्मीखबर, काठमाण्डौ, 2020/07/14
 
अभिनेत्री सुरविना कार्की दर्शकमाझ उतिधेरै चिनिएको अनुहार होइन । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरे पनि कुनैले उनको करिअरलाई उचाइ दिन सकेनन् । न त उनले आफूलाई अब्बल अभिनेत्रीको रुपमा नै प्रमाणित गर्न सकिन् । ‘हट एण्ड बोल्ड’ तस्विरका कारण मिडियामा हुने चर्चामै उनी खुसी हुनु परेको छ ।
 
विगत ३ वर्षदेखि उनी भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी छिन् । आफ्नो फोटोसुटका तस्विर भिरेर मुम्बईका हरेक फिल्म स्टूडियो धाउँदा पनि उनको सपनाले पखेटा हाल्न पाएका छैनन् । हुनत, उनी जस्ता हजारौं मुम्बईकोे सडकमा अभिनेत्री बन्ने सपना बोकेर कुदिरहेका हुन्छन् । तर, उनलाई विश्वास छ कि एक दिन आफ्नो बलिउडमा जम्ने सपना पूरा हुनेछ ।
 
 
लकडाउन हुनुभन्दा दुई दिनअघि नेपाल आएकी सुरविना अहिले एक गीतका कारण चर्चामा छिन् । निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको ‘के माया लाग्छ र ?’ बोलको गीतमा उनले गाउँकी एक साधारण युवतीको भूमिकामा अभिनय गरेकी छन् । उनको जोडीको रुपमा मुकुन भुषाल छन् । यो गीतमा उनको अभिनय र सुन्दरतालाई दर्शकहरुले निकै रुचाएका छन् । 
 
धेरैपछि म्यूजिक भिडियोमा अभिनय गरेकी सुरविनाले गएको ४ वर्षयता फिल्ममा भने काम गरेकी छैनन् । उनको पछिल्लो रिलिज फिल्म ‘लुकामारी’ हो । राम्रो स्क्रिप्ट र आफूलाई सुहाउँदो भूमिकाबाट अफर नआएका कारण मुम्बई गइरहनु परेको बताउने सुरविना आफ्नो करिअरलाई उचाइ दिने एक हिट फिल्मको खोजीमा छिन् । आशा गरौं, उनको यो सपना चाँडै पूरा हुनेछ । 
 
 
 
 
तस्विर : विवेक बस्याल
Most Visited News (monthly)