Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीलाई गाली गलौज गरे कानुनी बाटो रोजिने

फिल्मीखबर, काठमाण्डौ, 2020/07/14
 
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको समयमा नेपाली फिल्मकर्मीको अभिव्यक्ति र अन्तर्वार्तालाई लिएर गाली गलौज भइरहेकोप्रति नेपाली फिल्मसँग सम्बन्धित सात संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमवार एक संंयुक्त वक्तव्य जारी गर्दै कुनै पक्षबाट अशिष्टताको पराकाष्ट नाघे कानुनी उपचार खोज्ने उनीहरुको चेतावनी छ । 
 
अहिलेको अवस्थामा कसैको अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो फिल्म क्षेत्र अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दनमा तरंगित हुनु दुःखपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ । दर्शकको नाममा र लोकप्रियताको नाममा एकअर्कालाई गाली गलौज गर्नु र अशिष्टता प्रदर्शन गर्नु न्यायोचित नभएको र कसैले शिष्टताको सीमा नाघे कानुनी उपचार खोज्न बाध्य हुने विज्ञप्तीमा भनिएको छ ।
 
‘वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मीमाथि लक्षित गरि गाली गलौज र अश्लिल प्रतिक्रिया आएकोप्रति हामी संवेदनशिल भएका छौं । यस प्रकारको प्रतिक्रिया नरोकिएमा यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर क्राइम कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत् कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ’, विज्ञप्तीमा भनिएको छ । 
 
नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र नृत्य संघले जारी गरेको संयुक्त वक्तव्यमा सम्पूर्ण फिल्मकर्मीहरुले आ-आफ्नो पेशागत संस्थाको उद्येश्य, आचारसंहिता र अनुशासनको परिधिभित्र रहेर काम गर्न पनि आह्वान गरिएको छ । 
Most Visited News (monthly)