Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शक्ति कपूरका छोरा भन्छन्, ‘नेपोटिज्म हुन्थ्यो भने म सुपरस्टार भइसक्थेँ’

एजेन्सी, मुम्बई, 2020/07/13
 
सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको बहस चर्किएको छ । सुशान्तका फ्यानहरुले लगातार बलिउड सेलिब्रेटीलाई सोसल मिडियामा नेपोटिज्मका लागि लक्षित गरिरहेका छन् । यस विषयमा कयौं बलिउडकर्मीले आफ्नो भनाई राखिसकेका छन् । यसबीच, शक्ति कपूरका छोरा सिद्धान्त कपूरले पनि यस विषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । 
 
बलिउडका केही फिल्ममा काम गरिसकेका उनले भनेका छन्, ‘यदी फिल्म इन्डस्ट्रीमा नेपोटिज्म हुन्थ्यो भने म अहिलेसम्म सुपरस्टार भइसक्थेँ । यहाँ कुरा नेपोटिज्मको होइन, कामको सम्मानको हो । चाहे त्यो स्टार किड्स होस् वा नहोस् । म लगातार कडा मेहेनत गरिरहेको छु र आफ्नो कामको बलमा आफ्नो नाम बनाउन चाहन्छु । मलाई नेपोटिज्म शब्दमा विश्वास छैन ।’
 
नेपोटिज्मको विषयमा सिद्धान्तले अगाडि भनेका छन्, ‘एक डाक्टरको छोरा वा छोरीलाई डाक्टर बन्ने मौका मिल्छ भने कुनै कलाकारको छोरा वा छोरी कलाकार बन्नु के नराम्रो भयो ? यहाँ सबै मेहेनतले अगाडि बढ्ने हो ।’ उनले सुशान्तको आत्महत्याले आफूलाई दुःखी बनाएको पनि बताएका छन् । कसैले आँखा खोल्नका लागि आफ्नो ज्यान दिनु ठीक नभएको उनको भनाई छ । 
 
केही फिल्ममा अभिनय गरेर पनि उनले आफूलाई अभिनेताको रुपमा चिनाउन सकेका छैनन् । उनलाई शक्ति कपूरको छोराको रुपमा चिनिनु पर्ने बाध्यता छ । सिद्धान्त अभिनेतासँगै असिस्टेन्ट डाइरेक्टर पनि हुन् । उनले ‘अगली’, ‘हसीना पारकर’ जस्ता फिल्मका काम गरेका छन् । ‘शूटआउट वडाला’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनका मनपर्ने अभिनेता अनिल कपूर हुन् ।
Most Visited News (monthly)