Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिरो फिगर’ बनाउँदै रेखा

फिल्मीखबर, काठमाण्डौ, 2020/07/09
 
हिजोआज अधिकांश युवती जिरो फिगर बनाउन चाहन्छन् । जिरो फिगर भएमा काम गर्न छिटो-छरितो हुने र लुगा लगाउँदा राम्रो देखिने विश्वास छ । यसर्थ, किशोरी मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अभिनेत्रीहरु पनि आफ्नो शरीरलाई ‘जिरो फिगर’ मा ढाल्न डाइटिङमा विशेष ध्यान दिन्छन् । भने, जिमखानामा घन्टौं पसिना बगाउने गर्दछन् । 
 
अभिनेत्री रेखा थापा पनि गएको एक वर्षदेखि मोटो शरीरलाई ‘जिरो फिगर’ बनाउन नियमित व्यायम गरिरहेकी छन् । ‘पलाँस’, ‘काली’, ‘रामप्यारी’, ‘रुद्रप्रिया’, ‘मालिका’ फिल्ममा उनले आफ्नो शरीरलाई मेन्टेन नगरेको भन्दै टिप्पणी भएको थियो । यस विषयमा हालै एक अन्तर्वार्तामा उनले गएको ७/८ वर्षमा खान मन लागेका कुरा नबारेका कारण आफू मोटाएको बताएकी छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

@vijuparki_official ,✌️The best fitness trainer ✌️

A post shared by Rekha Thapa, Actor/Director (@rekha.thapa) on

उनले भनेकी छन्, ‘साँच्चै भन्ने हो भने आफूलाई मेन्टन गर्नुपर्ने हुनाले कलाकारले राम्रोसँग खान पनि पाउँदैनन् । तर, मैले ७/८ वर्षमा मोटाउँछु भन्ने चिन्ताले खाइनँ । मलाई के विश्वास थियो भयो मैले चाहेको बेला आफ्नो शरीरलाई साइजमा ल्याउन सक्छु । मैले विशेषगरि एक्सन फिल्म गर्ने भएकाले खाइलाग्दो ज्यान हुँदा राम्रो पनि देखिन्थ्यो । त्यसैले मैले खानामा ध्यान दिएको थिइनँ ।’
 
आफूभन्दा धेरै जेठी दिदीहरुसँग भेट हुँदा केहीले ‘तपाईंको बहिनीहरु हुन्’ भनेर सोध्न थालेपछि रेखालाई अब मेन्टेन गर्नुपर्छ भन्ने सोच पलाएको रहेछ । त्यसपछि जिमखाना धाउन थालेको उनले अहिले आफ्नो शरीरलाई ब्यालेन्समा ल्याइसकेकी छन् । ‘किस्मत’ की रेखा थापाभन्दा पनि स्लिम भइसकेकी उनले लकडाउनपछि आफू बस्ने अपार्टमेन्टको कम्पाउन्टभित्रै व्यायम गरिरहेकी छन् ।
 
नियमित व्यायम गर्न थालेपछि २० केजी तौल घटाइसकेकी अभिनेत्री रेखा थापाले मंगलवार इन्स्टाग्राममा एक तस्विर राखेकी थिइन्, जहाँ उनलाई ‘पुसअप’ गरिरहेको देख्न सकिन्छ भने उनको शरीरमाथि विज्जु पार्की (रेखाको पर्सनल ट्रेनर) ‘पुसअप’ गर्दै देखिएका छन् । यो तस्विरले नै स्पष्ट बयान छ कि रेखा आफ्नो शरीरलाई मेन्टेन गर्न कुन हदसम्म मेहेनत गरिरहेकी छन् ।
 
उनले बिहीवार इन्स्टाग्राममा व्यायम गरिरहेको एक तस्विर साझेदार गर्दै लेखेकी छन्, ‘शरीर नै मेरो घर हो, शरीरमा म बस्छु । म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहंकार पनि ठीक ठाउँमा बस्छ ।’ लकडाउन पूर्ण रुपमा खुलेपछि उनी नयाँ फिल्मको छायांकनमा व्यस्त हुँदैछिन् । यसका लागि पनि उनले शरीर मेन्टेन गरिरहेकी हुन् ।
Most Visited News (monthly)