Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर रिलिज (भिडियो)

एजेन्सी, मुम्बई, 2020/07/06
 
आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ । ट्रेलरमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त पागल छन् । दुईको केमेस्ट्री एकदमै सानदार देखिएको छ । 
 
फिल्मका निर्देशक मुकेश छाबडा हुन् । यो फिल्म जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ । सुशान्तको अन्तिम फिल्म भएका कारण ‘दिल बेचारा’ हेर्न दर्शकहरु निकै आतुर छन् । कोरोना भाइरसका कारण भारतका सिनेमा हल बन्द भएकाले यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।
 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो  । ए. आर. रहमानले संगीत दिएको यस फिल्ममा अभिनेता सैफ अली खान अतिथी भूमिकामा छन् । 
 
सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय करिअर सुरु गरेका सुशान्तलाई ‘पवित्र रिस्ता’ टेलिश्रृंखलाले लोकप्रियता दिलाएको थियो । सन् २०१३ मा ‘काई पो चे’ फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका उनको करिअरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘एम.एस धोनीः अनटोल्ड स्टोरी’ हो । उनी अभिनीत ‘छिछोरे’ र ‘केदारनाथ’ पनि रुचाइएका फिल्म हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)