Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.95/5.00)
Text size:-
+
-

फिल्मकर्मीको मनोबल बढाउन फिल्म बनाउँदै मिलन चाम्स

फिल्मीखबर, काठमाडौं, 2020/06/22
विगत तीन महिनादेखि फिल्म क्षेत्र सुनसान छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेदेखि फिल्मसँग सम्बन्धित कुनै गतिविधि भएका छैनन् । भीडभाड हुने क्षेत्र भएकाले लकडाउन खुलेपछि मात्र फिल्म प्रदर्शन, निर्माण र सिनेमा हल पुनः सञ्चालनमा आउनेछन् । तर, फिल्म क्षेत्र पूर्ण रुपमा चलायमान हुन लामो समय लाग्ने देखिन्छ । 
 
लकडाउन खुलेपछि फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन र फिल्मकर्मीको मनोबल बढाउन चलचित्र विकास बोर्डले विभिन्न योजनाहरु बनाइरहेको छ । यो कठिन परिस्थितिबाट फिल्म क्षेत्रलाई बाहिर निकाल्न फिल्मकर्मीहरु पनि एकजुट हुन आवश्यक छ । फिल्म क्षेत्रलाई पुनः चलायमान बनाउन निर्माता तथा निर्देशकहरुले फिल्म निर्माण र प्रदर्शन गर्ने आँट जुटाउन सक्नुपर्छ । 
 
 
कोरोनाले फिल्मकर्मीको मनोबल खस्किएको अवस्थामा निर्देशक तथा निर्माता मिलन चाम्स लकडाउन खुले लगत्तै नयाँ फिल्मको छायांकन सुरु गर्दैछन् । खासमा उनी यसै वर्षबाट आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को छायांकन थाल्ने तयारीमा थिए । तर, कोरोनाले यो फिल्मको छायांकन अर्को वर्षलाई पोस्टपोन्ड भएको छ । यो बीचमा उनले नयाँ फिल्म बनाउन लागेका हुन् । 
 
केही दिनदेखि फिल्मको छायांकनका लागि लोकेशन खोज्दै हिँडेका निर्देशक चाम्सले कोरोनाका कारण अस्तव्यस्त भएको फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन र फिल्मकर्मीको मनोबल बढाउन आफूले नयाँ फिल्म निर्माण गर्न लागेको बताए । नेपालको चितवन र दमौलीमा फिल्मको छायांकन हुने उनको भनाई छ । फिल्मको केही प्रतिशत छायांकन मलेशियामा पनि हुनेछ ।
 
चल्तीका कलाकारलाई लिएर फिल्म बनाउने गरेका निर्देशक चाम्स यो फिल्ममा नयाँ कलाकारलाई अवसर लिँदैछन् । फिल्मका लागि केही कलाकार छनौट समेत भइसकेका छन् । फिल्मको कथा मिलन चाम्स र गिरीराज घिमिरेले मिलेर लेखिरहेका छन् । फिल्मको नाम गोप्य राखिएको छ । चाम्स भन्छन्, ‘फिल्म क्षेत्र चलायमान बनाउनका लागि मैले यो फिल्म निर्माण गर्न लागेको हुँ ।’
Most Visited News (monthly)