Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड अभिनेता मास्टर्सनमाथि बलात्कारको आरोप

एजेन्सी, अमेरिका, 2020/06/21
 
हलिउडका चर्चित अभिनेता डेनियल मास्टर्सनमाथि बुधवार लस एञ्जिल्स काउन्टी डिस्ट्रिक्ट अटर्नी कार्यालयले तीन महिनामाथि बलात्कार गरेको आरोप लगाएको छ । सन् २००१ देखि २००३ को बीचमा कथित रूपमा अलग-अलग घटना भएको थियो । ४४ वर्षिय मास्टर्सनमाथि जनवरी र डिसेम्बर २००१ को बीचमा २३ वर्षिय महिलालाई बलात्कार गरेको आरोप लागेको छ । 
 
उनीमाथि अप्रिल २००३ मा २८ वर्षिय महिला र त्यसको केही समयपछि २३ वर्षिय महिलामाथि बलात्कार गरेको आरोप पनि छ । उनीहरुलाई अभिनेता ड्यानियल मास्टर्सनले हलिउड हिल्सस्थित आफ्नो घरमा बोलाएका थिए । तीन महिलामाथि बलात्कारको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, ३.३ मिलियन डलर धरौटी रकम बुझाएर उनी रिहा भएका छन् । 
 
सिएनएनका अनुसार, उनी आउँदो १८ सेप्टेम्बरमा कोर्टमा उपस्थिति हुनुपर्नेछ । डेनियलका वकिल टम मेसेरियोले २० वर्ष अगाडिको आरोपलाई लिएर उनलाई फसाउन खोजेको बताएका छन् । यदी उनी दोषी ठहर भएको खण्डमा ४५ वर्षसम्म जेल हुन सक्नेछ । सन् २०१७ मा यौन उत्पीडनको दाबीको आधारमा लस एञ्जेलिस पुलिसले मास्टर्सनको अनुसन्धान सुरु गरेको थियो । 
Most Visited News (monthly)