Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता भन्छिन्, ‘मेरो आवाज दबाउन खोजियो’

फिल्मीखबर, काठमाडौं, 2020/06/19
 
कोभिड १९ का कारण फिल्म क्षेत्र शून्यको अवस्थामा छ । यो विषम परिस्थितिबाट फिल्म क्षेत्रलाई उठाउन के गर्नुपर्छ भन्ने विषयमा फिल्मकर्मीहरु गम्भीर हुनुपर्ने अवस्थामा गएको केही दिनयता ‘नेपोटिज्म’ को मुद्धामा फिल्म क्षेत्र अल्झिएको छ । अभिनेत्री नम्रता सापकोटाले फिल्म क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ । 
 
चार दिनअघि नम्रताले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो साझेदार गर्दै फिल्म क्षेत्रमा व्याप्त नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । उनको भनाईमा अभिनेत्री वर्षा सिवाकोटीले पनि समर्थन जनाइन् । तर, प्रायः फिल्मकर्मीहरुले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ नभएर ‘ग्रुपिज्म’ रहेको भनाई राखेका छन् । 
 
कतिको भने फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ केही नभएको तर्क छ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली फिल्म क्षेत्रमा नातावादको विषयमा बहस सुरु भएकोमा नम्रता खुसी छिन् । तर, आफ्नो आवाज दबाउन खोजिएको उनको भनाई छ । आफूले देखेको र भोगेको कुरा राखेपछि आफ्नो सोसल मिडिया ब्लक गर्न समुह नै लागिपरेको उनी बताउँछिन् । 
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म सधैं सत्य के हो त्यो बोल्ने मान्छेमा पर्छु । मैले जे देखेँ त्यो बोलेको हुँ । मेरो व्यक्तिगत विचारमा अरुको विमति पनि हुनसक्छ । तर, सत्य तितो लागे पनि नकार्न सकिन्न ।’ ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ मा फरक नभएको पनि उनको बुझाइ छ । ‘नेपोटिज्म’ को बारेमा आज आफूले आवाज उठाए पनि भोली यसबारेमा अरु पनि बोल्ने उनको विश्वास छ । 
Most Visited News (monthly)