Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान’ को सिक्वेल बन्ने

फिल्मीखबर, काठमाडौं, 2020/06/17
 
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि फिल्म निर्माण र प्रदर्शन पूर्णरुपमा रोकिएका छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन । लकडाउन खुलेको लामो समयसम्म फिल्म क्षेत्र चलायमान हुन समय लाग्ने भएकाले निर्माता तथा निर्देशकहरु निर्माण सम्पन्न फिल्मको प्रदर्शन मिति तोक्ने र नयाँ फिल्मको घोषणा गर्न हतारिएका छैनन् । 
 
लेखक तथा निर्माता मौनता श्रेष्ठले भने लकडाउनकै समयमा फिल्म ‘आँधी तुफान’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन् । उनले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा यो फिल्म निर्माण गरेका थिए । यो फिल्मले व्यावसायिक सफलता हासिल गरेको थियो । लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । 
 
लकडाउन अवधिभर आफूले ‘आँधी तुफान २’ को स्क्रिप्ट लेखिसकेको र भदौबाट सुटिङ सुरु गर्ने निर्माता मौनताले जानकारी दिए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको उनले बताए । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने उनको भनाई छ । कार्यकारी निर्माता रत्नले फिल्मको कथावस्तु मन परेकाले आफू उत्साहित रहेको बताए । 
Most Visited News (monthly)