Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपोटिज्म’ बारे निर्देशक भट्टराईको फरक मत

फिल्मीखबर, काठमाण्डौ, 2020/06/16
 
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा बहस सुरु भएको छ । सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडमा जरा गाँडेर बसेको नातावाद रहेको भन्दै बलिउड फिल्मकर्मीहरुले यसविरुद्ध आवाज उठाएका छन् । नेपाली सेलिब्रेटीहरुले पनि नेपाली फिल्म क्षेत्रमा बढ्दो नातावादको विषयमा आफ्नो भनाई राखिरहेका छन् । 
 
अभिनेत्री नम्रता सापकोटा र वर्षा सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा बढिरहेको ‘नेपोटिज्म’ अर्थात् नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा राम्रो भएका कलाकारहरु डिप्रेसनको शिकार भएको बताएका छन् । उनीहरुको यो भनाईमा कति नेपाली फिल्मकर्मीले समर्थन जनाएका छन् भने कतिले फरक मत राखेका छन् । 
 
 
निर्देशक कुमार भट्टराईले आफ्नो सन्तानलाई आफू हिँडेको बाटोमा ल्याउनु गलत नभएको र त्यसलाई अनर्थ रुपमा लिन नमिल्ने तर्क राखेका छन् । फेसबुक स्टोरीमा उनले लेखेका छन्, ‘विनोद चौधरीको छोरा चौधरी ग्रुपको अध्यक्ष बन्छ, त्यो ‘विरासत’ हो । भुवन केसीको छोरा अनमोल केसी हिरो नै बन्छ, त्यो ‘नेपोटिज्म’ हो । त्यो सिनेमा रंगमञ्चमा यता नी छ । बुझ नपचाम् ।’
 

त्यस्तै, उनले फेसबुकमा एक स्टाटस लेख्दै कास्टिङ नेपोटिज्म र नयाँ सिनेमा क्याम्पहरुले सोकल्ड स्टारहरुको स्वार्थको रक्षा गरिरहने बताएका छन् । ‘सिनेमा र रंगमञ्चभित्र सुरीला स्वरमा यसको चर्चा त हुन्छ, तर प्रभावशाली अनि मिडिया कुकुनको ओतमा बसेकाहरुको प्रभावले यस्ता भ्वाइसहरु फेड हुन्छन्’, उनले लेखेका छन् । निर्देशक भट्टराई फिल्म ‘उत्सव’ का निर्देशक हुन् ।
Most Visited News (monthly)