Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी वित्दैछ अनमोलको ‘लकडाउन’ ?

फिल्मीखबर, काठमाडौं, 2020/04/08
विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । चीनबाट फैलिएको यो भाइरसले विश्वको शक्तिशाली राष्ट्र अमेरिकालाई समेत आफ्नो कब्जामा पारिसकेको छ । यसबाट नेपाल कसरी अछुतो रहन सक्थ्यो होला र ! ठूलो संख्यामा कोरोना संक्रमित नदेखिए पनि अहिलेसम्म ९ जना नेपालीमा सङ्क्रमण पुष्टी भइसकेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । 
 
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेपछि आम सर्वसाधारणझैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग दुःख सुःखका कुरा गरेर समय काटिरहेका छन् । आफ्ना शुभचिन्तकहरुलाई घरमै विशेष सावधानी अपनाउन बस्न पनि अपिल गरिरहेका छन् ।
 
 
‘लकडाउन’ को समयमा घरभित्रै नजरबन्द हुनु पर्दा कति कलाकारहरु दिक्दार भैसकेका छन् । तर, अहिलेका हटकेक अभिनेता अनमोल केसीको दिनचर्यामा भने खासै असर परेको छैन । किनकि, उनी ‘लकडाउन’ जीवन नै मनपराउँछन् । फिल्मको छायांकन नहुँदा उनी घरभन्दा बाहिर विरलै निस्कन्छन् । बिहान जिम गएर फर्केपछि घरको पर्खालभित्रै उनको दिन वित्छ । 
 
‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन निर्देशन दिएपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । फिल्मको छायांकन रोकिएपछि अनमोल घरबाट एकदिन पनि बाहिर निस्किएका छैनन् । आजभोली घरमै फिल्म हेरेर र गीत सुनेर उनको दिन वित्ने गरेको छ ।
 
उनी फिल्म र म्यूजिकलाई आफ्नो जीवनको महत्त्वपूर्ण अंक मान्छन् । बाल्यकालदेखि नै गीतसंगीतमा रुचि भएका अनमोल अभिनयमा होमिएपछि भने फिल्म हेर्न थालेका हुन् । अहिले उनी फिल्म ‘पारस’ को स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । अफर आएका अन्य फिल्मका स्क्रिप्ट पढेर पनि उनको दिन वित्ने गरेको छ । उनी आफूले पालेको कुकुरसँग पनि केही समय खेल्छन् ।
Most Visited News (monthly)