Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराज लेख्छन्, ‘हामीलाई एक्लै हिरो हुने बानी छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/04/07
नेपाल गएको दुई हप्तादेखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमितको संख्या ९ पुगेपछि सरकारले मंगलवारबाट लागू हुने गरि ८ दिनका लागि लकडाउन अवधि थपेको छ । अहिले यो भाइरसबाट बच्न घरभित्रै बस्नुभन्दा अरु विकल्प छैन । यसकारण पनि सरकारले लकडाउन अवधि बढाइरहेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पाइँदैन ।
 
 
तेस्रो पटक सरकारले लकडाउन अवधि थप गरेपछि ज्याला मजदुरी गरेर परिवार पाल्ने श्रमिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुको अवस्था पनि दयनिय बनेको छ । सरकारले राहत प्याकेजको घोषणा गरे पनि अझैसम्म वास्तविक समस्यामा परेका व्यक्तिसम्म राहत सामाग्री पुग्न सकेको छैन ।
 
फिल्मका प्राविधिकहरुको परिवारमा आर्थिक संकट परेपछि नेपाली फिल्मकर्मीहरुले सहयोग रकम जुटाइरहेका छन् । कसैले नगद त कसैले खाद्यन्न किनेर सहयोग गरेका छन् । फिल्मकर्मीबाट प्राप्त सहयोगबाट खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले आइतवारबाट वास्तविक समस्यामा परेका प्राविधिकहरुको घरसम्मै पुर्‍याइरहेको छ ।
 
तर, एकथरीले यसरी सहयोग गर्दा श्रमिकहरुको अपमान भएको भन्दै टिप्पणी गरिरहेका छन् । यस विषयमा कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै बलिउड कलाकारले प्राविधिकलाई पैसा उठाएर मद्दत गर्दा राम्रो मान्ने तर नेपाली फिल्मकर्मीले सहयोग गर्दा चन्दा उठाएको र श्रमिकको अपमान भएको भन्दै नकारात्मकता फैलाएकोप्रति दुःख व्यक्त गरेका छन् ।
 
भारतका चर्चित कलाकारहरुले घरभित्रै बनाएको एक सन्देशमुलक भिडियो फेसबुकमा साझेदार गर्दै दीपकराजले लेखेका छन्, ‘भारतमा सबै कलाकारले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौं । तर, हामीले गर्दा चन्दा किन उठाको, श्रमिकको अपमान भयो, यसले यति दियो, उसले यति मात्रै किन दियो भनेर नकारात्मकता नै फैलायौं ।’
 

उनले नेपाली फिल्मकर्मीलाई एक्लै हिरो हुने बानी रहेको पनि उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘बलिउडका कलाकारले यो भिडियोबाट हामी एउटै फेमिली हौं भन्ने सन्देश कति मिठो तरिकाले दिएका छन् । तर, हामीलाई एक्लै हिरो हुने बानी छ । वास्तवमा धेरै सिक्न बाँकी छ हामीले ।’ उनले यो पोस्ट नेपाली फिल्मका विभिन्न कलाकारहरुलाई पनि ट्याग गरेका छन् ।
Most Visited News (monthly)