Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान भन्छन्, ‘जो डराउँछ ऊ बाँच्छ’

एजेन्सी, मुम्बई, 2020/04/06
 
कोरोना भाइरसको खतरा विश्वभरि घुम्दैछ । भारतमा यो भाइरसको संक्रमण लगातार बढिरहेको छ । सेलिब्रेटीहरु लकडाउनको समयमा परिवारसँग समय विताइरहेका छन् । उनीहरु लगातार यो महामारीलाई लिएर मानिसमा सचेतना फैलाउने कोशिश गरिरहेका छन् । हालै बलिउडका दबंग उर्फ सलमान खानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो पोस्ट गरेका छन् । 
 
यो भिडियोमा सलमान आफ्नो भतिज (सोहेल खानको छोरा) निर्वानसँग देखिएका छन् । भिडियोमा सलमान र निर्वानले गएको तीन हप्तादेखि आफ्नो पितासँग नभेटेको र निकै डराएको बताएका छन् । सलमानले भिडियोमा भनेका छन्, ‘हामी यहाँ केही दिनका लागि आएका थियौं तर अब हामी यही छौं । हामी निकै डराएका छौं । तीन हप्तादेखि पितालाई पनि भेट्न पाएको छैन ।’
 
सलमान खान अगाडि भन्छन्, ‘एउटा फिल्मी डाइलग छ- ‘जो डराउँछ सम्झ ऊ मर्‍यो ।’ तर, यो डाइलग यहाँ लागू हुँदैन । हामी डराएका छौं र निकै बहादुरीपूर्वक भन्छौं कि हामी डरायौं । तपाईंहरु धेरै बहादुर नबन्नुस् । जो डराउँछ सम्झ ऊ बाँच्छ र उसले धेरैलाई बचाउँछ पनि ।’ सलमान खानको यो भिडियोमा हजारौंले कमेन्ट गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Be Home n Be Safe @nirvankhan15

A post shared by Salman Khan (@beingsalmankhan) on

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले २१ दिनका लागि पूरा देश लकडाउन गर्ने निर्णय गरेपछि अभिनेता सलमान खान आफ्नो फार्म हाउसबाट घर समेत जान डराएका छन् । केही दिनअघि उनले फिल्म इन्डस्ट्रीका २५ हजार मजदूरलाई आर्थिक सहयोग गर्ने खबर बाहिरिएको थियो । उनले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ बाट सहयोग गर्न लागेका हुन् ।
Most Visited News (monthly)