Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाइँ नभन्नू ल ६’ मा वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2020/03/31
मानव पदचाप समातेर विश्व यात्रा गरिरहेको कोरोना भाइरस नेपालमा पनि भित्रिसकेको छ । अहिलेसम्म ६ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देश ‘लकडाउन’ गरेको छ । एक हप्तासम्म ‘लकडाउन’ गरेपछि सरकारले पुनः ८ दिनका लागि यो अवधि बढाएको छ ।
 
‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहिर अरु समयमा घरभन्दा बाहिर निस्कन पाइँदैन । जसले गर्दा नेपाली फिल्मका हरेक गतिविधि गएको केही हप्तायता ठप्प छन् । ‘लकडाउन’ भन्दा अगाडि नै सरकारले आउँदो बैशाख १८ गतेसम्म लागू हुने गरि देशभरका सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । सिनेमा हल बन्द भएपछि थुप्रै फिल्मको प्रदर्शन स्थगन भएका छन् ।
 
‘लकडाउन’ नहुँदासम्म केही फिल्म फ्लोरमा थिए । तर, देशलाई कोरोनाको महामारीबाट जोगाउन सरकारले घरमै बस्नुपर्ने गर्ने ‘लकडाउन’ घोषणा गरेपछि छायांकनरत फिल्म पनि अनिश्चितकालका लागि रोकिएका छन् । त्यस्तै, फ्लोरमा निस्कने तयारीमा रहेका फिल्मको छायांकन समेत पोस्टपोन्ड भएको छ । ‘लकडाउन’ खुलेपछि मात्र रोकिएका फिल्मको छायांकन सुरु हुनेछ ।
 
 
यही चैत अन्तिम साताबाट फ्लोरमा निस्कन लागेको फिल्म ‘नाइँ नभन्नू ल ६’ को पनि स्थिति सामान्य नहुँदासम्मका लागि छायांकन रोकिएको छ । यद्यपि, निर्देशक विकासराज आचार्यले फिल्मका लागि कलाकारको छनोट भने लगभग पूरा गरिसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले अभिनय गर्ने निश्चित भैसकेको फिल्ममा तीन अभिनेत्री हुने बताइएको छ । 
 
तीन अभिनेत्रीमध्ये एक अभिनेत्रीको नाम फिल्मीखबरलाई प्राप्त भएको छ । ‘नाइँ नभन्नू ल ६’ मा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने फाइनल भैसकेको छ । उनले यही फिल्मको चौथो श्रृंखलाबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी दोस्रो पटक ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिन लागेकी हुन् । यद्यपि, उनी फिल्ममा अनुबन्ध भएको जानकारी भने निर्माण टिमले दिएको छैन ।
 
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि करीब ७ महिना अभिनेत्री वर्षा राउतले कुनै फिल्म साइन गरेकी थिइनन् । राम्रो स्क्रिप्टको पखाईमा रहेका कारण फिल्म साइन गर्न नहतारिएको उनको भनाई थियो । तर, मिडियामा विवाहपछि फिल्म पाउन छाडेको भन्ने गसिपहरु आउन थालेपछि उनले गएको दुई महिना अगाडि एक हप्ताको अन्तरमा दुई फिल्म साइन गरिन् ।
 
ती दुई फिल्म थिए, ‘२ नम्बरी’ र ‘के घर के डेरा’ । ‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म अभिनेत्री वर्षा ‘२ नम्बरी’ को छायांकनमा व्यस्त थिइन् । अब स्थिति सामान्य नभएसम्म यो फिल्मको छायांकन पुनः सुरु हुनेछैन । यो फिल्मपछि उनले ‘के घर के डेरा’ का लागि समय निकाल्नु पर्नेछ । तर, यो फिल्मसँग ‘नाइँ नभन्नू ल ६’ को छायांकन सेड्युल जुध्न भएपछि वर्षा यतिबेला तनावमा छिन् ।
Most Visited News (monthly)