Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशिष्माको अनुरोध- ‘ज्ञानी भएर घरमै बस्नुस्’

फिल्मीखबर, काठमाडौं, 2020/03/29
 
सिंगो नेपाल अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ (हिँडडुल र सवारी साधनको प्रतिबन्ध) मा छ । सरकारले गएको मंगलबारदेखि देशभर विभिन्न प्रतिबन्ध लागू हुनेगरी ‘लकडाउन’ घोषणा गरेको हो । यो भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले सरकारले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।
 
शनिवार थप एक जनामा कोरोनाको संक्रमण देखिएपछि सरकार एक हप्ताका लागि ‘लकडाउन’ अवधि थप्ने तयारीमा छ । अहिलेसम्म नेपालमा ६ जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ भने एक जना निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुप लिएको यो भाइरसका कारण मानिसमा मनोवैज्ञानिक असर परेको सामाजिक सञ्जालका प्रतिक्रियाले स्पष्ट पार्छ । 
 
कोरोनाको संक्रमणबाट जोगिन सरकारले ‘लकडाउन’ को घोषणा गरेपछि धनाड्यदेखि आम सर्वसाधारणसम्म घरको चारकुनाभित्र कैद हुनुपरेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने भएका कारण कोही फिल्म हेरेर त कोही पुस्तक पढेर जसोतसो दिन काटिरहेका छन् । नेपाली सेलिब्रेटीहरुको दैनिकी पनि एक हप्तायता यसरी नै वितिरहेको छ । 
 
उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबारे सचेतना पनि फैलाइरहेका छन् । राजेश हमाल, प्रदीप खड्का, निखिल उप्रेती, रेखा थापा, सौगात मल्ल, करिश्मा मानन्धरलगायतले कोरोनाबाट बच्न घरभित्रै बसेर विशेष सावधानी अपनाउन भिडियो सन्देशमार्फत् आग्रह गरेका छन् । अभिनेत्री अशिष्मा नकर्मीले पनि सम्पूर्ण नेपालीलाई घरभित्रै सुरक्षित बस्न अनुरोध गरेकी छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Gyaani bhayera ghar mai basney Huss 🙈🙈

A post shared by Ashishmaa Nakarmi Pradhan (@ashishmanakarmi) on

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशभरि ‘लकडाउन’ गरेकाले घरभित्रै सावधानी अपनाएर सुरक्षित रुपमा बस्न उनले आग्रह गरेकी हुन् । उनले इन्स्टाग्राममा आफ्नो एक तस्विर पोस्ट्याउँदै क्याप्सनमा हार्दिकतापूर्वक लेखेकी छन्, ‘ज्ञानी भएर घरमै बस्ने हुस् ।’ उनी पनि एक हप्तायता कोरोनाको त्रासले घरभन्दा बाहिर निस्किएकी छैनन् । 
Most Visited News (monthly)