Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.75/5.00)
Text size:-
+
-

तीन दिनमा ‘बागी ३’ को कमाई ५० करोडमाथि

फिल्मीखबर, काठमाण्डौ, 2020/03/09
 
अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहमद खानले निर्देशन गरेको यो एक्सन प्रधान फिल्मले २०२० को ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्दै रेकर्ड बनाएको छ । कोरोना भाइरसको त्रासको बावजूद पनि फिल्मले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको तेस्रो दिने कमाई सामाजिक सञ्जालमा साझेदार गरेका छन् । तरणका अनुसार, फिल्मको कलेक्सनमा दुई कुराको निकै ठूलो असर परेको छ । पहिलो कोरोना भाइरस र दोस्रो एग्जामिनेसन । यद्यपि, यसको बावजूद पनि फिल्मको कमाई आकर्षक छ । फिल्मले ओपनिङ डेमा १७ करोड ५० लाख र शनिवार १६ करोड ३ लाख छापेको थियो ।
 
विकेन्डको कुरा गर्ने हो भने आइतवार फिल्मले कमाईमा ठूलो उछाल कायम गरेको छ । फिल्मले तेस्रो दिन २० करोड ३० लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विस्ट गर्दै जानकारी दिएका छन् । यो हिसाबले फिल्मको तीन दिने कमाई कूल ५३ करोड ८३ लाख भएको छ । फिल्मले जुन अवस्थामा कमाई गरिरहेको छ त्यो हिसाबले फिल्म ‘बागी ३’ को कमाई ठूलो मानिएको छ । 
 
फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् । ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो । फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ । फिल्ममा रितेश पुलिस अफिसरको भूमिकामा छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।
Most Visited News (monthly)