चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली विगतको जस्तो रमाइलो छैन । अघिल्ला वर्षहरुमा होलीको दिन सडक-गल्लीहरुमा रंगले रंगिएका मानिसहरुको घुइँचो हुन्थ्यो । तर, यसपाली होली खेल्नेहरुको संख्या निकै कम छ । कोरोनाका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेपछि यस वर्षको होली खल्लो बनेको हो ।
(4).jpg)
(2).jpg)
यस वर्षको होली नेपाली फिल्मकर्मीहरुका लागि पनि नरमाइलो बनेको छ । हरेक वर्षको होलीमा राजधानीका विभिन्न ठाउँमा जम्मा भएर फिल्मकर्मीहरुले एकअर्कालाई रंग दलेर खुसी साटासाट गर्ने गर्दथे । तर, यसपटक होली खेल्नका लागि फिल्मकर्मीहरुको जमघट भएको छैन । प्रायः घरबाट बाहिर निस्किएका छैनन् । सबैले परिवारसँग मात्र होली मनाएका छन् ।
हाल पोखरामा छायांकन भैरहेको फिल्म ‘ए मेरो हजुर ४’ टिमले पनि सामान्य रुपमा होली मनाएको छ । फिल्मका कलाकार र निर्देशकले एकअर्कालाई अविर दलेर रमाइलो गरेका छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतसँगै निर्देशक झरना थापालाई अविरले रंगिएको मुहारमा देख्न सकिन्छ ।
फिल्मीखबरलाई प्राप्त केही तस्विरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा एकअर्कालाई अविर दल्दै देखिएका छन् । भने, अनमोलको हातमा पानी फ्याल्ने होलीको पिच्कारी देख्न सकिन्छ । उनीहरुको साथमा अविरले रंगिएको एक कुकुर पनि छ । यो अभिनेता अनमोलले पालेको कुकुर हो । ‘कोको’ नाम राखिएको यो कुकुरको ‘ए मेरो हजुर ४’ मा अभिनय समेत छ ।
.jpg)
(6).jpg)
सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । फिल्म अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।

