Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमान-शाहरुख आफ्नो साथी भएकोमा भाग्यमानी ठान्छु : कटरीना

एजेन्सी, मुम्बई, 2020/03/08
 
अक्षय कुमार, शाहरुख खान, ऋतिक रोशन र सलमान खान आफ्नो साथी भएकोमा अभिनेत्री कटरीना कैफ आफूलाई भाग्यमानी ठान्ने बताउँछिन् । उनीहरुसँग आफू जहिले पनि कुरा गर्न सक्ने उनको भनाई छ । आफूले उनीहरुलाई सम्मान गर्ने गरेको र इगो आफूहरुको मित्रतामा कहिल्यै समस्या नबनेको एक अडियो शो ‘किस्सा ख्वाबों’ मा कुराकानी गर्ने क्रममा उनले बताइन् ।
 
अभिनेत्री कटरीना भन्छिन्, ‘चाहे शाहरुख या ऋतिक, अक्षय वा सलमान, म निकै भाग्यमानी हुँ कि उनीहरुलाई साथी भन्छु र उनीहरु मेरो लागि महत्त्वपूर्ण छन् । म जुन सुकै समयमा उनीहरुसँग निर्धक्क कुरा गर्न सक्छु । म उनीहरुलाई सम्मान गर्छु । जब तपाईं कसैलाई सम्मान गर्नुहुन्छ, तब अहंकार बीचमा आउँदैन ।’ अहंकारले कुनै उद्देश्य हासिल नहुने पनि उनको भनाई छ । 
 
आफ्नो जीवन यात्राको बारेमा कुरा गर्दै कटरीनाले भनिन्, ‘मेरो सम्पूर्ण ध्यान एक स्टार बन्नु थियो । म दर्शकको माया पाउन चाहन्थेँ । यो तबदेखि थियो जब म ठूलो हुँदै थिएँ । मसँग यसलाई लुकाउने वा परिवर्तन गर्ने कुनै कारण छैन । यो मेरो यात्रा र कथा हो र मैले यो स्वीकार्नुपर्छ । मैले त्यही गरेँ जे गर्न म तयार थिएँ । प्रत्येक दिन म यो कुरा गर्न पाउँदा भाग्यमानी महशुस गर्छु ।’
 
आफ्नो आदर्श हेमा मालिनी रहेको बताउने अभिनेत्री कटरीना आफूलाई हरेक घरका मानिसले चिनुन् भन्ने चाहने बताउँछिन् । जिन्दगीको दोस्रो नाम नै सन्तुलन बनाएन चल्नु रहेको उनको भनाई छ । ‘केही चीजहरू यस्ता छन्, जुन तपाईंले प्रयास र सन्तुलन बनाएर चल्नुपर्छ । जीवनमा धेरै कुरा बदलिन्छन्, त्यसैले आफ्नो करिअरको बारेमा कुरा गर्न निकै गाह्रो हुन्छ,’ उनले भनिन् ।
Most Visited News (monthly)