Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्देशकहरुको केशव भट्टराईको परिवारलाई सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2020/03/04
 
चलचित्र विकास बोर्डका अध्यक्ष, फिल्म निर्माता तथा कलाकार केशव भट्टराईको हृदयघातका कारण निधनपछि उनको परिवारमा आर्थिक समस्या उत्पन्न भएको छ । फिल्म ‘आफ्नो मान्छे’ हिट भएपछि काठमाडौंको अनामनगरमा किनेको घर ‘सो सिम्पल’ को असफलतापछि डेरामा सेरेको स्वर्गीय भट्टराईको परिवारलाई अहिले विभिन्न फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । 
 
स्वर्गीय भट्टराईको परिवारमाथि आइपरेको आर्थिक पीडालाई कम गर्न समिति समेत गठन भैसकेको छ । हालै अभिनेत्री करिश्मा मानन्धरले होली मनाउने खर्च १ लाख १ सय १ रुपैयाँ स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै, अहिले अमेरिकामा बस्दै आएका फिल्मकर्मीले पनि भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएका छन् ।
 
यसैक्रममा अमेरिकामा बस्दै आएका फिल्म निर्देशकहरुले स्व.भट्टराईको परिवारलाई सहयोग गरेका छन् । उनीहरुले १ लाख २६ हजार ५ रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत् स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन् । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा र महासचिव जनकदीप पराजुलीले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलाई रकम हस्तान्तरण गरे ।
 
नेपाली फिल्मका निर्देशकहरु नारायण पुरी, गोपाल चन्द्र लाम्छाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहालमार्फत् आएको उक्त रकम हस्तान्तरण गरिएको हो । यो रकम स्व. भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी समितिले गराएको छ । त्यस्तै, अमेरिकामा बस्ने अन्य फिल्मकर्मीहरुबाट पनि ९ लाख रुपैयाँ संकलन भैसकेको छ । 
Most Visited News (monthly)