Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो प्रदीप खड्काको ‘प्रेमगीत ३’ टिजर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/03/03
 
यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को अफिसियल टिजर सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेण्डको टिजर आकर्षक बनेको छ । यो पिरियड ड्रामामा प्रमुख भूमिकामा रहेका अभिनेता द्वय शिव श्रेष्ठ र प्रदीप खड्कासँगै नव-अभिनेता मनिष राउतलाई टिजरमा विशेष स्थान दिइएको छ । टिजरको सुरुवातमा मनोज लामाको दमदार आवाज सुन्न सकिन्छ । 
 
मनोज लामाले टिजरमा भनेका छन्, ‘हरेक युगको परिवर्तनसँगै कयौं अविस्मरणीय कथाहरु इतिहासको पानामा स्वर्ण अक्षरले कोरिने गर्छन् । तर, त्यो युगको कथा किताबहरुमा नकोरिए पनि, ग्रन्थहरुमा नलेखिए पनि हरेकको मन मस्तिष्कमा कहिल्यै नमेटिने छाप बनेर खोपिएको छ । जसलाई कसैले न मेट्न सके न जलाउन सके । यो युगको कथा हो । प्रेम गीतको कथा ।’ 
 
फिल्म ‘प्रेमगीत ३’ मा शिव, प्रदीप र मनिषका अलावा क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । 
 
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । तीन करोडको लागतमा निर्मित फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)