Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भिलेन २’ मा दिशाले गर्नेछिन् खतरनाक एक्सन

एजेन्सी, मुम्बई, 2020/03/03
 
सन् २०१४ मा आएको सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुख अभिनीत सुपरहिट फिल्म ‘एक भिलेन’ को सिक्वेलका लागि लिड अभिनेत्रीको टुंगो लागेको छ । डाइरेक्टर मोहित सूरीले अभिनेत्री दिशा पाटनीलाई फाइनल गरेका छन् । उनी हालै फिल्म ‘मलंग’ मा लिड एक्ट्रेसको रुपमा देखिएकी थिइन् । फिल्ममा अभिनेता द्वय आदित्य रोय कपूर र जोन अब्राहम पनि देखिनेछन् । 
 
फिल्ममा दिशा भित्रिएको जानकारी दिँदै मोहितले भनेका छन्, ‘दिशा पहिलो हिरोइन हुन्, जसले मलाई आएर भनिन् कि म अझै एक्सन गर्न चाहन्छु । मान्छेलाई पिट्न, स्टन्ट गर्न र किक मार्न चाहन्छु । जसरी केटा तपाईंको फिल्ममा गर्छन्, म पनि एक नायक हुन चाहन्छु ।’ ‘मलंग’ मा अभिनेत्री दिशाको कामबाट प्रभावित भएर मोहितले उनलाई ‘एक भिलेन २’ मा दोहोर्‍याएका हुन् । 
 
फिल्म ‘एक भिलेन २’ मा दिशाको भूमिकाको बारेमा बताउँदै निर्देशक मोहितले भने- ‘जसरी हालै प्रदर्शनमा आएको फिल्म ‘मलंग’ मा दिशा विल्कुलै नयाँ अवतारमा प्रस्तुत भएकी थिइन्, त्यसरी नै यो फिल्म एक्सन फ्रेन्चाइजको अभिन्न अंगको रुपमा उसलाई स्थापित गर्नेछ ।’ दिशा चाँडै सलमान खानको फिल्म ‘राधे’ मा देखिँदैछिन् । उनीसँग ‘कैटीना’ नामको एक फिल्म पनि छ । 
 
‘एक भिलेन २’ मा दिशाको जोडी जोन अब्राहमसँग बाँधिने बताइएको छ । तर, यसको जानकारी निर्देशक सूरीले दिएका छैनन् । फिल्ममा दिशा खतरनाक एक्सन अवतारमा प्रस्तुत हुनेछिन् । यसका लागि उनले अहिले एक्सन ट्रेनिङ लिइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । यो फिल्म अर्को वर्षको जनवरी ८ मा रिलिज हुनेछ ।
Most Visited News (monthly)