Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ र ‘सेन्टी भाईरस’ रिलीज

फिल्मीखबर, काठमाडौं, 2020/02/21
यसपटक दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाईरस’ एकसाथ रिलीज भएका छन् । ‘आमा’लाई दिपेन्द्र के. खनालले निर्देशन गरेका छन् भने ‘सेन्टी भाईरस’लाई रामबाबु गुरुंगले निर्देशन गरेका छन् ।
 
अलग पृष्ठभुमिको कथामा बनेका यि दुबै फिल्मलाई लिएर दर्शकमाझ उत्साह रहेको छ । 
 
 
आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने ‘आमा’मा मिथिला र सुरक्षाका अलावा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । ‘पशुपति प्रसाद’ जस्तो व्यावसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र दिएका दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्य कारुणिक लाग्छ ।
 
समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंक यो फिल्ममा छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुंगले केहि भिन्न परिवेशमा यो फिल्म निर्देशन गरेका छन् । 
Most Visited News (monthly)