Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेताको अनुहार लुकाई ‘प्रेम पुजा’को पोस्टर रिलीज

फिल्मीखबर, काठमाडौं, 2020/02/21
शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन । 
 
शिवरात्री बिशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई फिल्मको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए ।
 
 
आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको यो फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ ।
 
फिल्मको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्ने फिल्ममा कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।
Most Visited News (monthly)