Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अर्जुन रेड्डी’ हिरोसँग रोमान्स गर्दै अनन्या

एजेन्सी, मुम्बई, 2020/02/20
 
प्रणय दिवसको अवसरमा साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘वल्ड फेमस लभर’ प्रदर्शनमा आएको छ । तर, फिल्मलाई समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छैन । यसबीच, अभिनेता विजय नयाँ फिल्ममा व्यस्त भएका छन् । अब, उनी निर्देशक पुरी जगन्नाधको फिल्ममा देखिँदैछन् । फिल्ममा बलिउड अभिनेत्री अनन्या पाण्डे उनको अपोजिटमा हुनेछिन् । 
 
फिल्ममा अनन्या लिड रोलमा देखिनेछिन् । यो फिल्मबाट उनले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेकी हुन् । पहिलो पटक विजय देवरकोन्डासँग रोमान्स गर्न लागेकी उनले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएकी छन् । फिल्मको नाम ‘फाइटर’ हो । फिल्म हिन्दी र तेलुगू भाषामा निर्माण हुनेछ । ‘फाइटर’ बलिउड कनेक्ट फिल्म हो । करण जोहरले फिल्मको निर्माण गर्दैछन् । 
 
‘फाइटर’ मा यसअघि अभिनेत्री जान्हवी कपूर हुने चर्चा चलेको थियो । पछि अभिनेत्री आलिया भट्टले काम गर्न लागेको खबर पनि बाहिरिएको थियो । अन्ततः अनन्याको हातमा फिल्म परेको छ । निर्माण टिमले सामाजिक सञ्जालमा साझेदार गरेको तस्विर हेर्दा उनी फिल्मको टिमसँग निकै घुलमिल भैसकेको देखिन्छ । विजयले पहिलो पटक बलिउड अभिनेत्रीसँग काम गर्न लागेका हुन् ।
 
बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले करण जोहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ को सिक्वेलबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले फिल्म ‘पति पत्नी और वो’ मा भूमि पेडनेकर र कार्तिक आर्यनसँग काम गरिन् । दुवै फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो । हालै उनले ‘फिल्मफेयर अवार्ड’ मा नव अभिनेत्रीको अवार्ड पनि जितेकी छन् । 
Most Visited News (monthly)