Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

इरफानको हाँसो र रोदन मिश्रित ‘अंग्रेजी मिडियम’ ट्रेलर

एजेन्सी, मुम्बई, 2020/02/13
 
बलिउडका भर्सटायल अभिनेता इरफान खान र अभिनेत्री करीना कपूर खान स्टारर फिल्म ‘अंग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हाँसो र रोदन मिश्रित छ । २ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु हुन्छ र लण्डन यूनिभर्सिटीमा सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्रलाई देखाइएको छ । फिल्मलाई होमी अदजानियाले निर्देशन गरेका हुन् । 
 
फिल्म २० मार्च २०२० मा प्रदर्शनमा आउँदैछ । फिल्ममा इरफान, राधिका र करीनाका अलावा दीपक डोबरियाल, डिम्पल कपाडियाको पनि प्रमुख भूमिका छ । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याइएको छ । त्यस्तै, फिल्ममा को कुन रोलमा छन् भन्ने जानकारी पनि ट्रेलरमा दिइएको छ । छोरीलाई लण्डनमा पढाउनका लागि एक पिताले गर्ने संघर्षमा फिल्म आधारित छ ।
 
फिल्मको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु हुन्छ । जहाँ राधिकालाई स्कूलमा सम्मानित गरिएको हुन्छ र इरफान आफ्नो छोरीको सम्मान भएको खुसीमा स्टेजमा उभिएर इंग्लिशमा स्पीच दिन्छन् । उनी अंग्रेजीमा दुई शब्द बोल्छन् तर अगाडिको लाइन भुल्छन् । र, उनी भन्छन्, ‘मलाई यति मात्र अंग्रेजी बोल्न आउँछ ।’ उनको कुरा सुनेर सबै हाँस्छन् । ट्रेलरमा यो सिन गजब छ । 
 
अभिनेता इरफान खान गएको दुई वर्षदेखि लण्डनमा न्यूरो एन्डोक्राइन ट्यूमरको उपचार गरिरहेका थिए । त्यसबेलादेखि सबै उनको राम्रो स्वास्थ्यको कामना गरिरहेका थिए । ‘अंग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि इरफानले आफ्ना फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए । यो फिल्मको अघिल्लो पार्टमा पनि उनी नै प्रमुख भूमिकामा थिए । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)