Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बिहे अगावै प्रियंका र आयुष्मानले किने घर

फिल्मीखबर, काठमाडौं, 2020/02/13
नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशी यही फागुनमा विवाह गर्दैछन् । गएको हप्ता उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको खबर चुहिएको थियो । तर, यो जोडीले अहिलेसम्म विवाहको मिति खुलाएको छैन । बुझिए अनुसार, विवाहका लागि फागुन १५ राम्रो हुने ज्योतिषको सल्लाह अनुसार प्रियंका र आयुष्मानको बिहे दुई दिनअघि सरेको छ ।   
 
भ्यालेनटाइन डे (शुक्रवार) को  दिन उनीहरुले विवाहको मिति सार्वजनिक गर्दैछन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । 
 
 
गएको महिना आफ्ना केही निकट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि भने प्रियंकाले यसै वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो । हालै हुनेवाला श्रीमान् आयुष्मानसँग यूरोप टुर भ्याएर स्वदेश फर्किएकी प्रियंकाले विवाहपछि पनि आफू नेपाली फिल्ममा सक्रिय रहने बताएकी छन् । अहिले आफू विवाहको तयारीमा लागेको उनको भनाई छ । 
 
बुधवार आफू अभिनीत फिल्म ‘लक्का जवान’ को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रियंकाले भनिन्, ‘हालै म र आयुष मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपले कति टाइम लिँदो रैछ भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत सँगै हुनुहुन्छ । घर सेटअप एक्लैले त गर्न नसक्ने चिज रहेछ ।’
 
केही दिनयता आफू घर सेटअप र विवाहको तयारीमा व्यस्त रहेको उनले बताइन् । विवाहको तयारीकै लागि ‘लक्का जवान’ पछि आफूले कुनै फिल्म साइन नगरेको पनि अभिनेत्री प्रियंकाको भनाई छ । उनले अगाडि भनिन्, ‘अहिले मैले कुनै फिल्म साइन गरेको छैन । विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आबद्ध हुन्नँ । तर, चैतको पहिलो हप्ताबाटै म फेरि काममै फर्किन्छु ।’ 
Most Visited News (monthly)