Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कभी ईद कभी दिवाली’ मा सलमानको जोडी पूजा

एजेन्सी, मुम्बई, 2020/02/11
 
अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा भएपछि फिल्ममा फिमेल लिड रोल कुन अभिनेत्रीले निर्वाहा गर्नेछिन् भन्ने चासो धेरैमा थियो । अब, फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा पूजा हेगडे अनुबन्ध भएकी छन् । ‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहन जोदडो’ मा ऋतिक रोशनको अपोजिटमा उनले काम गरिसकेकी छन् ।
 
फिल्मका निर्माता साजिद नाडियावालाले मुम्बई मिररसँग कुराकानी गर्दै भनेका छन्, ‘पूजा हेगडेसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेपछि मलाई लाग्यो कि यो रोलमा उनी उपयुक्त हुनेछिन् । उनले यो कहानीमा नयाँपन लिएर आउने छिन् ।’ ‘कभी ईद कभी दिवाली’ एक फेमिली ड्रामा फिल्म हो । फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेको छ ।
 
फिल्ममा अभिनेत्री पूजाको भूमिकाबारे बताउँदै निर्माता साजिदले अगाडि भने, ‘फिल्ममा सलमानकी प्रेमिका एक सानो शहरमा बस्ने युवती हुन्छिन्, जसको स्वभाव सलमानभन्दा विल्कुल अपोजिट छ ।’ पूजाले साउथमा ‘मुकुन्द’ जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी छन् । अब हेर्न यो रोचक हुने देखिन्छ कि सलमानको फिल्ममा उनले कस्तो जादू देखाउनेछिन् । 
 
‘कभी ईद कभी दिवाली’ लाई फरहद सामजीले निर्देशन गर्दैछन् । उनले यसअघि ‘हाउसफुल ४’ को निर्देशन गरेका थिए । भने, अहिले अभिनेता अक्षय कुमारसँग फिल्म ‘बच्चन पाण्डे’ मा काम गरिरहेका छन् । फिल्म २०२१ को इदमा रिलिज हुनेछ । पहिलो पटक अभिनेता सलमान खानको फिल्म ‘जुडुवा’ ईदमा रिलिज भएको थियो । उनका प्रायः फिल्म ईदमा प्रदर्शन हुने गरेका छन् । 
Most Visited News (monthly)