Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अस्कार अवार्डमा ‘प्यारासाइट’ उत्कृष्ट घोषित

एजेन्सी, अमेरिका, 2020/02/10
 
९२औं अस्कार अवार्डमा फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जेलिस शहरको डल्बी थिएटरमा भएको अवार्ड समारोहमा साउथ कोरियाको ‘प्यारासाइट’ ले बेस्ट फिल्मसहित चार महत्वपूर्ण विधामा अवार्ड जित्दै ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि गैरअंग्रेजी भाषामा बनेका फिल्मले अस्कारको मूल विधामा अवार्ड जितेका थिएनन् ।
 
निर्देशक बोङ जोन हो निर्देशित फिल्म ‘प्यारासाइट’ दुई परिवारको कहानीमा आधारित भएर बनेको हो । यो फिल्ममा आर्थिक रुपमा सम्पन्न एक परिवार र एक गरिब परिवारबीच साउथ कोरियाको क्लास स्ट्रग्ल देखाइएको छ । यो फिल्मले अस्कारमा बेस्ट फिल्मसँगै, बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट इन्टरनेशनल फिल्मको अवार्ड पनि जित्न सफल भएको छ । 
 
त्यस्तै, अस्कार अवार्डमा अभिनेता वकिन फिनिक्सले फिल्म ‘जोकर’ बाट बेस्ट एक्टरको अवार्ड जितेका छन् । वाकिन यो अवार्डका लागि सबैभन्दा प्रवल दावेदार मानिएको थियो । फिल्म ‘जुडी गार्लेन्ड’ मा आफ्नो परफर्मेन्सबाट दर्शकको मन जितेकी अभिनेत्री रीन ग्लेवेगरले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकी छन् । यो फिल्ममा उनले उम्दा अभिनय गरेकी थिइन् । 
 
९२औं अस्कार अवार्डमा ‘वन्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए । त्यस्तै, सिनेमाटोग्राफर रोजर डिकिन्सले ‘१९१७’ बाट बेस्ट सिनेमाटोग्राफरको अवार्ड जिते । साम मेन्डेसको यो फिल्मले अस्कारमा तीन अवार्ड जितेको छ ।  बेस्ट सिनेमाटोग्राफीसहित बेस्ट भिजुएल इफेक्ट्स र बेस्ट साउन्ड मिक्सिङमा फिल्मले अवार्ड जितेको हो । 
Most Visited News (monthly)