Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विशेष शोमा रुचाइयो ‘दोषी को ?’

फिल्मीखबर, काठमाण्डौ, 2020/02/09
 
सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण भएको फिल्म ‘दोषी को ?’ लाई विशेष शोमा सुखद प्रतिक्रिया मिलेको छ । शनिवार राजधानीमा रहेको चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष शोमा फिल्म हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे । 
 
निमा लामा तामाङको निर्देशन तथा गोपी अधिकारीको निर्माण रहेको फिल्मको विशेष शोमा कलाकार, प्राविधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली, करण थापा मगर, सपना लामा, नेहा गौतमलगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
 
सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनमा आउने उतार-चढावमा आधारित भएर निर्माण भएको यो फिल्म चाँडै विदेशी भूमिमा प्रदर्शन गर्न लागिएको निर्माता गोपी अधिकारीले जानकारी दिए । उनले फिल्ममा मनोरञ्जनका साथै सन्देश समेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए । निर्देशक निमा लामाले फिल्म दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे ।
 
फिल्ममा करण थापा मगरको लेखन, गोपी अधिकारी र सन्तोष सुनामको संगीत, विश्वास भण्डारीको छायांकन तथा सम्पादन छ । फिल्मको विशेष शोमा बोल्दै निर्देशक तथा अभिनेता खड्काले नेपाली फिल्म विदेशी फिल्मको चेपुवामा परेकाले अपेक्षाकृत विकास हुन नसकेको बताउँदै यसका लागि सम्बन्धित निकाय र सरोकारवालाले ठोस कदम चाल्नु पर्ने बताए । 
Most Visited News (monthly)