Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ ले बैंकक घुमाउने

फिल्मीखबर, काठमाडौं, 2020/02/05
 
फिल्मप्रति दर्शकको चासो बढाउन निर्माण टिमले विभिन्न उपहारका योजनाहरु अगाडि सार्ने गरेका छन् । यसबीच, आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ ले दर्शकलाई बैंकक घुमाउने उपहार योजना अगाडि सारेको छ । तर, त्यसका लागि फिल्मको सोमवार सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । 
 
फिल्मका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताए । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ । यो प्रतियोगिताले फिल्मको प्रचार-प्रसारमा ठूलो सघाउ पुर्‍याउने विश्वास निर्माण टिमले लिएको छ । फिल्मको ‘चार आनाको मसला’ बोलको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।
 
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो फिल्मका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । 
 
अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो फिल्म बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)