Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपले विराजलाई भने- ‘हाम्रो एक्सन स्टार’

फिल्मीखबर, काठमाडौं, 2020/02/03
नेपालमा एउटा कलाकारले अर्को कलाकारलाई साथ-सहयोग गरेको निकै कम देख्न पाइन्छ । बरु, कसरी हुन्छ एकअर्काको खुट्टा तान्न अगाडि सर्छन् । अर्को कलाकारको फिल्म नचल्दा खुसी हुने र फिल्म चल्यो भने आफ्नो फिल्म नचल्दाभन्दा बढी दुःखी हुन्छन्, नेपाली कलाकार । नेपालमा एउटा कलाकारले अर्को कलाकारको फिल्मलाई सहयोग गरेका उदाहरण ज्यादै कम छन् ।
 
 
चकलेटी अभिनेता प्रदीप खड्का भने प्रायः प्रदर्शनको तरखरमा रहेका फिल्मलाई सहयोग गर्दै देखिने गरेका हुन्छन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनको तयारीमा रहेका फिल्मका प्रचार सामाग्री साझेदार गर्दै निर्माण टिमलाई शुभकामना दिने गरेका छन् । गत वर्ष उनले ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ को ट्रेलर साझेदार गर्दै निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए । 
 
यसबीच, उनले यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित, अभिनीत तथा निर्मित फिल्म ‘साङ्लो’ को एक्सनपूर्ण ट्रेलर आफ्नो भेरिफाइड फेसबुक पेजमा साझेदार गर्दै फिल्मलाई सफलताको शुभकामना दिएका छन् । उनले अभिनेता विराजलाई ‘एक्सन स्टार’ को रुपमा समेत सम्बोधन गरेका छन् । उनले फिल्मलाई ‘एक्सन प्याक्ड’ भनेका छन् । 
 
‘हाम्रो एक्सन स्टार विराज भट्ट दाई, ह्यान्डसम हंक तथा मेरो सहपाठी प्रकाश शाह र मेरो साथी तथा पूर्व मिस नेपाल निकिता चाण्डकको एक्सन प्याक्ड फिल्म ‘साङ्लो’ मा अभिनय छ,’ उनले लेखेका छन् । उनले लेखेको स्टाटसमा ‘साङ्लो’ का कलाकार प्रकाश शाहले धन्यवाद भनेर लेखेका छन् । उनी र प्रदीप ‘क्लासमेट’ हुन् । ‘लभ स्टेशन’ मा उनीहरुले सँगै काम गरेका थिए । 
 
 
प्रदीपको पूर्व मिस नेपाल निकितासँग पनि निकै राम्रो सम्बन्ध छ । निकिताले प्रदीपका सबै फिल्म हलमै पुगेर हेरेकी छन् । उनीहरुले एकसाथ स्क्रिन साझेदार गर्ने इच्छा रहेको पनि बताउँदै आएका छन् । विराज र प्रदीपको भने खासै राम्रो चिनजान छैन । फिल्म प्रदर्शनको संघारमा प्रदीपले ‘साङ्लो’ को ट्रेलर फेसबुकमा साझेदार गरेर शुभकामना दिएपछि विराज खुसी भएका छन् । 
Most Visited News (monthly)