Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ डायरिज’ गीतः रुविना विना सुशीलको जिन्दगी अधुरो

फिल्मीखबर, काठमाडौं, 2020/02/02
फिल्म ‘लभ डायरिज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास/प्रविशा अधिकारीको स्वर रहेको छ । सौरभ चौधरीको कोरियोग्राफी रहेको गीतले अभिनेता द्वय सुशील श्रेष्ठ र विश्वजित रिमालको अभिनेत्री रुविना थापाप्रतिको प्रेमभाव बोल्छ । 
 
 
फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुशील, रुविना र विश्वजितका अलावा बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन छ । एसोसिएट निर्देशक साहिल खान रहेको फिल्मका एकमात्र निर्माता विनोद सापकोटा हुन् । 
 
फिल्ममा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी फिल्म राम्रो बनेको र दर्शकलाई मनपर्नेमा विश्वस्त छन् । त्यस्तै, अभिनेत्री रुविनाले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् ।
 
शैलेश श्रेष्ठ/रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, विक्रम लामा/एन्जिला खत्री/प्रविन सिंहको कोरियोग्राफी, सत्यम राना/अचुत बजगाईंको भिएफएक्स रहेको फिल्मको कथा तथा पटकथा मधु बाँस्तोलाको हो । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)