Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वदेशी उत्पादन रोज्न पूजाको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2020/01/22
 
आउँदो फागुन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पखाईमा रहेकी अभिनेत्री पूजा शर्माले विदेशी ब्राण्डको कपडाका लागि गरिने खर्चभन्दा निकै कम खर्चमा आफ्नै देशमा उत्पादन हुने ब्राण्ड रोज्न पाउनु गौरवको कुरा रहेको बताएकी छन् । उनले सम्पूर्ण नेपालीलाई स्वदेशी उत्पादनलार्ई पहिलो प्राथमिकता दिन पनि आग्रह गरेकी छन् । 
 
रिवन काटेरस्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा सञ्चालनमा ल्याएको स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित विदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गर्दै अभिनेत्री पूजाले देशलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउनका लागि सबैले स्वेदशी ब्रान्ड रोज्नु पर्ने बताइन् । आफूलाई जस्तै स्वदेशी ब्राण्डलाई पनि माया गरिदिन उनले आग्रह गरेकी छन् । 
 
‘हामी विदेशी प्रोडक्टलाई एकदमै विश्वास गर्छौं । विदेशी प्रोडक्टलाई जति पनि खर्च गर्न तयार हुन्छौं । तर, तपाईंहरु एकपटक स्वदेशी उत्पादनलाई पनि रोजेर हेर्नुहोस् । त्यसमा कति न्यानोपन छ भन्ने कुरा तपाईंहरुले महशुस गर्नुहुनेछ,’ अभिनेत्री पूजाले भनिन् । उनले चितवन आफूलाई मनपर्ने शहर भएको बताउँदै चितवन पुग्दा आफूलाई आनन्दित महशुस हुने बताइन् ।
 
उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल र हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यमवर्गियदेखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए । त्यस्तै, अर्का सञ्चालक सुरज गिरिले केटिएम सिटि चितवनका उपभोक्ताले मन पराउने विश्वास व्यक्त गरे ।  
Most Visited News (monthly)