विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको लिरिकल भिडियो गीतमा सुभाष भुषालको संगीत रहेको छ भने सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यो गीत ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ फ्लेवरमा तयार पारिएको छ । संगीतकार सुभाषले नै ‘प्रसाद’ को गीतमा संगीत भरेका थिए ।
.jpg)
चल/अचल दृश्य समावेश गरिएको गीतको भिडियोमा अभिनेता विपिनको अभिनयले मन छुन्छ । फिल्ममा उनले चर्चित टेलिभिजन हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्ममा एक हास्यकलाकारको तीन दिनको जीवन उतारिएको छ । यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटा आफैंले लेखेका हुन् ।
निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् ।
सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाहलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्रफी रहेको छ भने जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ ।
गीत हेर्नुहोस् :-

