Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

विराजलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/19
नेपालीमा एउटा उखान छ, ‘पशुपतिको जात्रा सिद्राको व्यापार ।’ केही दिनयता अभिनेता विराज भट्टको दौडधुप हेर्ने हो भने यो उखान पूर्णरूपले चरितार्थ हुन्छ । उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका कारण यो फिल्मको दर्शकहरुले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।
 
एक्सनपूर्ण ट्रेलर र ‘चरीले काफल’ बोलेको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको अवस्थामा अभिनेता विराज भट्टले अहिले ‘साङ्लो’ को प्रचार-प्रसारलाई पनि आक्रामक बनाएका छन् । हालै फिल्मको नयाँ गीतको छायांकन सकेका उनी केही दिनयता देशमा हुने विभिन्न सांस्कृतिक महोत्सवहरुमा सहभागी भैरहेका छन् । महोत्सवहरुमा उनको माग चर्को छ ।
 
 
फिल्म रिलिजको मुखमा महोत्सवमा आफ्नो माग बढ्दा विराज दंग छन् । उनलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ झैँ भएको छ । महोत्सवमा सहभागी हुँदा मोटो पारिश्रमिकसँगै फिल्म ‘साङ्लो’ को प्रचार पनि गर्न पाउने हुँदा अभिनेता विराजले प्रस्ताव आएका कुनै महोत्सव छाडेका छैनन् । अहिले उनी महोत्सवमा अभिनेत्री निकिता चाण्डकलाई पनि सँगै लिएर जाने गरेका छन् ।
 
तीन दिन अगाडि कैलालीमा जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ मा उनी निकितासँग पुगेका थिए । त्यहाँ दुईले फिल्मको ‘चरीले काफल’ बोलको गीतमा ठुम्का लगाए । उक्त महोत्सवमा विराजलाई हेर्नकै लागि ५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको जानकारी प्राप्त छ । महोत्सवबाट फिल्मको राम्रो प्रचार हुने देखेपछि विराज अरु पनि महोत्सवमा सहभागी हुने सोचमा छन् । 
 
अहिले देशभर महोत्सवको माहौल चलिरहेको छ । कलाकारको प्रस्तुतीमा हेर्न हजारौं दर्शक उपस्थित हुने हुँदा फिल्म प्रचारका लागि सांस्कृतिक महोत्सवहरु सबैभन्दा ठूलो प्ल्याटफर्म मानिन्छ । तर, कमै फिल्मकर्मीले महोत्सवमा फिल्मको प्रचार गर्ने अवसर पाउँछन् । अभिनेता विराजले भने पारिश्रमिक बुझेर पनि महोत्सवमा फिल्मको प्रचार गर्न पाएका छन् । वाह् ! क्या काइदा । 
Most Visited News (monthly)