Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ब्याचलर पार्टी’ मा प्रियंकाको मस्ती मुड

फिल्मीखबर, काठमाण्डौ, 2020/01/18
विवाह हुने निश्चित भएपछि आफ्ना घनिष्ट साथीका निम्ति सहपाठीहरूले ब्याचलर पार्टी आयोजना गर्दछन् । किनभने, बिहे भएपछि साथीभाइसँग संगत र भेटघाट पातलिनेछ । साथीहरू क्रमशः मस्तिष्कबाट विस्मृत हुँदै जानेछन् । त्यसैले युवावयमा नङ र मासुजस्तै जोडिएका उनीहरू आफ्नो सम्बन्धको एउटा अध्याय पूरा भएको संकेतस्वरूप ‘ब्याचलर पार्टी’ मनाउने गर्दछन् । 
 
पछिल्लो समय सहरी क्षेत्रमा ब्याचलर पार्टीको लहर चलेको छ । साथीको विवाह हुने टुंगो भएपछि सहपाठीहरु पैसा जम्मा गरेर सम्भावित दुलाहा वा दुलहीलाई ‘सरप्राइज्ड पार्टी’ दिने गर्दछन् । अभिनेत्री प्रियंका कार्की पनि अहिले आफ्ना केही निकट साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्डमा छिन् । मिडियामा उनको ‘ब्याचलर पार्टी’ ले गजबकै चर्चा पाइरहेको छ । 
 
 
प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु साझेदार गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् ।
 
सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् । अभिनेत्री कार्कीले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् । अभिनेत्री प्रियंका कार्की चाँडै आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् ।
 
दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान गएको असारमा बिहे गर्ने तयारीमा थिए । तर, पारिवारिक सदस्यहरुको समय नमिलेपछि विवाह टर्‍यो । गएको महिना अभिनेत्री प्रियंकाले यस वर्ष विवाह नहुने जानकारी दिएकी थिइन् । तर, उनी साथीहरुसँग थाइल्यान्डमा ब्याचलर पार्टी मनाउन पुगेपछि उनले यसै वर्षको फागुनमा बिहे गर्न लागेको चर्चा चलेको छ । 
Most Visited News (monthly)