Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसै वर्ष बिहे गर्दैछिन् प्रियंका ?

फिल्मीखबर, काठमाडौं, 2020/01/16
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लागेको छैन । उनीहरु यस वर्षको असारमा विवाह गर्ने सुरसारमा थिए । तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन । 
 
गएको महिना अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंका कार्कीले परिवारका सदस्यहरुको समय नमिलेका कारण यस वर्ष विवाह नहुने बताएकी थिइन् । अर्को वर्षका लागि विवाहको तयारी भैरहेको उनको भनाई थियो । तर, बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको छ । 
 
 
उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् । उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साझेदार गरेका तस्विरहरुमा उनी आफ्ना साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । थाइल्याण्डमा उनीहरु एक हप्ता बस्नेछन् । 
 
साथीहरुसँग ब्याचलर पार्टी मनाउँदै गर्दा प्रियंकाको विवाहको मिति नजिकिएको अनुमान गरिएको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् । स्रोतका अनुसार, यस वर्षको फागुनभित्र प्रियंका र आयुष्मानको विवाह हुनसक्छ । यद्यपि, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । आफूभन्दा ५ वर्ष कान्छा आयुष्मानसँग अभिनेत्री प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् ।
 
कतिपयले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका छन् । गएको महिना अभिनेत्री ऋचाको रिसेप्सन पार्टीमा प्रियंका एक्लै पुगेपछि आयुष्मानसँग उनको सम्बन्ध बिग्रिएको चर्चा पनि चलेको थियो । तर, यी अफवाहलाई चिर्दै उनले आयुष्मानलाई चुम्बन गरेको तस्विर इन्स्टामा पोस्ट्याइन् । अब, बिहे नहुने भन्ने हल्ला चिर्न प्रियंकाले साथीहरुलाई ब्याचलर पार्टी दिएकी त होइनन् ?
Most Visited News (monthly)