Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजयको सयौं फिल्मले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2020/01/16
 
अभिनेता अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले बक्सअफिसमा धूम मच्चाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण प्रदर्शनको दिनदेखि नै आक्रामक व्यापार गरिरहेको फिल्मले प्रदर्शनको ६ दिनमा सय करोडको आँकडा पार गरेको छ । यो अजयको सयौं फिल्म समेत हो । दर्शकले उनको करिअरको यो महत्त्वपूर्ण कदमलाई यादगार बनाएका छन् । 
 
मंगलवारसम्म फिल्म ‘तानाजी’ ले ९० करोड ९६ लाखको व्यापार गरिसकेको थियो । सय करोडको आँकडा छुन फिल्मलाई ९ करोड ४ लाख चाहिएको थियो । बुधबार १६ करोड ७२ लाख कमाउँदै फिल्मले सय करोडमा आफ्नो नाम लेखाउन सफल भएको हो । फिल्मले प्रदर्शनको ६ दिनमा १ सय ७ करोड ६८ कमाउँदै २०२० को पहिलो सय करोड कमाउने फिल्म बनेको छ । 
 
‘तानाजी’ सँगै अजय देवगनले सय करोडमा ह्याट्रिक गरेका छन् । गएको वर्षको उनको दुई फिल्म ‘टोटल धमाल’ र ‘दे दे प्यार दे’ ले सय करोड छापेको थियो । त्यस्तै, सय करोड क्लबमा अजयको यो नवौं फिल्म हो । १० जनवरीमा प्रदर्शनमा आएको फिल्मले भारतमा ३ हजार ८ सय स्क्रिन पाएको थियो । यो फिल्मले बक्सअफिसमा २ करोडको व्यापार गर्ने अनुमान गरिएको छ । 
 
ओम राउत निर्देशित ‘तानाजी : द अनसंग वारियर’ मा अजय देवगनसँगै काजोल र सैफ अली खानको प्रमुख भूमिका छ । यो फिल्म सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । फिल्ममा खलनायकको भूमिकामा देखिएका सैफको सय करोडमा पुग्ने यो ‘रेस २’ पछिको पहिलो फिल्म हो । काजोलको यसअघि ‘दिलवाले’ ले सय करोड कमाएको थियो । 
Most Visited News (monthly)