Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्का जवान’ गीतमा दीलिपदेखि प्रियंकासम्मको ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/15
 
हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको टाइटल बोल्ने ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 
 
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन् । गीतको अडियो र भिडियो दुवै औसत छ ।
 
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । 
 
फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा दीलिप र प्रियंकाको जोडी बाँधिएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)