Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेल्फी खिच्दा अभिनय सिक्ने अवसर

फिल्मीखबर, काठमाण्डौ, 2020/01/15
 
माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ले प्रचार-प्रसारलाई तिव्रता दिन हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । फिल्मको थिम अनुसार घोषणा गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहनेले कमेडी हाउभाउमा खिचिएको सेल्फी ‘हाम्रो कम्युनिटी’ मा पोष्ट गर्नुपर्ने बताइएको छ । 
 
आफ्नो सेल्फी खिच्दा विभिन्न मेकअपको पनि प्रयोग गर्न सक्ने निर्माता सुवास थापाले जानकारी दिए । तर, मेकअप प्रयोग गर्न अनिवार्य चाहिँ नभएको उनले बताए । पोष्ट भएका सेल्फीहरुमध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने उनी बताउँछन् । इच्छुकले माघ ५ देखि माघ २० सम्म यो प्रतियोगितामा भाग लिन सक्नेछन् । 
 
यो प्रतियोगिताका विजेतालाई कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति र अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ । फिल्मका निर्माता दिनेश राउतले यो प्रतियोगिताले कलाकार बन्ने चाहनेका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । फिल्मका निर्देशक विशाल सापकोटा हुन् ।
 
एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका प्रवल कोइराला र राजेश बिसुराल सह(निर्माता हुन् । फिल्मको कथा निर्देशक सापकोटा स्वयंको हो ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)