Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

विराजको अंगालोमा बोल्ड निकिता (फोटोफिचर)

फिल्मीखबर, काठमाडौं, 2020/01/15
अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । फिल्ममा उनको जोडी विराजसँग बाँधिएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरले राम्रो हाइप निर्माण गरेको फिल्मलाई उत्कृष्ट बनाउन विराजले कुनै कसर छाडेका छैनन् ।
 
 
 
अभिनेता विराजका लागि यो फिल्म चल्नैपर्ने चुनौती छ । ४ वर्ष अगाडिको फिल्म ‘जय परशुराम’ असफल हुँदा धेरैले उनको स्टारडममाथि प्रश्न उठाएका थिए । यसको जवाफका लागि पनि ‘साङ्लो’ ले बक्सअफिसमा सफलता हात पार्नै पर्ने हुन्छ । ट्रेलर हेर्दा फिल्मले दर्शक हलसम्म तान्न सक्ने देखिन्छ । मृगौला तस्करीको कथामा बनेको फिल्मबाट विराज निकै आशावादी छन् । 
 
गीत र ट्रेलरले चर्चा बटुल्दै गर्दा विराजले फिल्मको नयाँ गीतको छायांकन गरेका छन् । अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतको अहिले काठमाडौंमा छायांकन भैरहेको छ । निर्माण टिमले गीत छायांकनको केही अचल तस्विरहरु सार्वजनिक गरेको छ । जसमा अभिनेता विराजलाई रफ-टफ पहिरनमा देखिएका छन् भने अभिनेत्री निकितालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।
 
 
 
सुरेश अधिकारीको संगीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । २/३ दिनमा छायांकन सकेर फिल्म रिलिजको मुखमा गीत सार्वजनिक गर्ने विराजले बताए । वर्षौदेखि कमेडी र लभस्टोरी फिल्मको ह्याङमा रहेका दर्शकलाई ‘साङ्लो’ ले एक्सनको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ । 
 
विराज भट्ट आफैंले निर्माण गरेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको छ । 
 
 
Most Visited News (monthly)