
आउँदो फागुन २ गतेलाई रिलिज क्यालेन्डर रोजेको अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा स्टारर लभस्टोरी फिल्म ‘लभ डायरिज’ को कलरफूल टिजर सार्वजनिक भएको छ । टिजरले सुशील र रुविनाको प्रेम र विछोडको कथा बोल्छ । उनीहरुले बोलको प्रेमिल र वियोगान्त संवाद मन छुने छन् । दुईबीचको प्रेम, रोमान्स र विछोडका दृश्य पनि टिजरमा अटाइएको छ ।
केही दिन अगाडि फिल्मको ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । टिकटक स्टार प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडा र चर्चित बाल गायिका कमला घिमिरे फिचर्ड गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेको निर्माण टिम चाँडै ट्रेलर सार्वजनिक गर्ने तयारीमा छन् । फिल्मका निर्देशक सौरभ चौधरी हुन् । उनी अर्को वर्ष ‘पर्खि बसेँ २’ निर्देशन गर्दैछन् ।
प्रेस दिवसमा प्रदर्शन हुने फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो फिल्ममा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।
साहिल खान सह-निर्देशक रहेको फिल्म ‘लभ डायरिज’ मा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी यो फिल्मलाई लिएर निकै आशावादी देखिएका छन् ।
टिजर हेर्नुहोस् :-

