Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको दाङ शाखामा शिवको नेतृत्व

फिल्मीखबर, काठमाण्डौ, 2020/01/14
 
नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारहरुको छाता संस्था ‘चलचित्र पत्रकार संघ नेपाल’ को दाङ शाखाको चौथो अधिवेशनबाट शिव पुन अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । तीन वर्षका लागि अध्यक्षमा चुनिएका पुन यसअघि चलचित्र पत्रकार संघको दाङ शाखाको कोषाध्यक्ष पदमा थिए । यस्तै, संघको उपाध्यक्षमा सन्तोष केसी निर्विरोध चयन भएका छन् । 
 
चलचित्र पत्रकार संघको दाङ शाखाको सचिव पदमा पूर्ण केसी सर्वसम्मत चयन हुँदा सह-सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमामा तीर्थराज चौधरी, सदस्यमा भुपेश वली, मिना खड्का, राजेश खत्री र आशिष केसी निर्विरोध चुनिएका छन् । सो अवसरमा ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘देवलोचन रंगपत्रकारिता पुरस्कार’ बाट सन्तोष केसीलाई पुरस्कृत गरिएको थियो ।
 
दाङ शाखाका निवर्तमान अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता र चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौला विशिष्ठ अतिथिको रुपमा दाङ पुगेका थिए । उनले मोफसलमा रंगपत्रकारिता प्रसंशनीय रहेको बताए । अन्य शाखाको पनि चाँडै अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ । 
Most Visited News (monthly)