Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.00/5.00)
Text size:-
+
-

कन्फर्म : ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2020/01/13
 
सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्ने भएको छ । यो फिल्मको नेपाली भर्सनको निर्माण अनुमति युवा फिल्म्सले लिएको छ । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो फिल्मको हिन्दी रिमेक समेत निर्माण भैसकेको छ । 
 
फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ २०१९ को ब्लकबस्टर फिल्म हो । फिल्ममा शाहिद कपूरले प्रमुख भूमिका निभाएका थिए । ओरिजिनल फिल्ममा भने अभिनेता विजय देवगरकोन्डा प्रमुख भूमिकामा थिए । उनलाई यही फिल्मले रातारात स्टार बनाएको थियो । सन्दीप रेड्डी भांगाले निर्देशन गरेको फिल्मले तेलुगू बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । 
 
ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका कारण ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बनाउनु चुनौतीपूर्ण काम रहेको युवा निर्माता केशव खड्का बताउँछन् । तर, यसले नेपाली फिल्मलाई विश्वमाझ पुर्‍याउने उनको विश्वास छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् । केही दिनमा यसको टुंगो लाग्ने निर्माण टिमले बताएको छ ।
 
सम्भवतः पहिलो पटक विदेशी फिल्मको राइट्स लिएर नेपाली फिल्म निर्माण हुन लागेको हो । यसअघि निर्माता सुवास गिरीले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक ‘भैरवी’ निर्माण गर्न खोजेका थिए । तर, यो फिल्मको हिन्दी रिमेक अगाडि नै प्रदर्शन हुने भएपछि उनले हात झिकेका थिए । युवा फिल्म्सले भने हिन्दी रिमेक प्रदर्शन पश्चात् पनि नेपाली भर्सन बनाउने जोखिम उठाएको छ । 
Most Visited News (monthly)